ललितपुर । जिल्लाको महालक्ष्मी नगरपालिकामा–६, मा आफ्नै बाबुबाट १७ वर्षकी किशोरी बलात्कृत भएकी छिन् । एक वर्षयतादेखि आफ्नै छोरीलाई बलात्कार गर्दै आएको आरोपमा सिन्धुपाल्चोक स्थायी घर भइ हाल ललितपुरमा बस्दै आएका ४० वर्षका पुरुष पक्राउ परेका हुन् ।

पटक पटक बलात्कार भएपछि पीडित युवती र उनका भाई उजुरी दिन आएको र उजुरीको आधारमा गत ७ असारमा पीडकतलाई पक्राउ गरी पक्राउ गरेर महानगरीय प्रहरी बृत्त, सातदोवाटोलाई बुझाएको महानगरीय प्रहरी प्रभाग लुभुले जनाएको छ ।

अहिले ती पुरुष पुर्पक्षका लागि कारागारमा छन् । उनी लकडाउनअघि घरमा रङ लगाउने काम गर्दै आएका थिए ।

बुबाले विगत सात वर्षदेखि समता स्कुलको होस्टेलमा बस्दै आएकी छोरीलाई डेढ वर्षअघि आफूसँगै राख्न ल्याएका थिए । किशोरीकी आमा अपांग छिन् ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।