ललितपुर । ललितपुरका दुई अस्पतालमा उपचाररत थप तीन कोरोना संक्रमितको ज्यान गएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार संक्रमणबाट पाटन अस्पतालमा दुई जना र मेघा अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

भदौ १७ देखि पाटन अस्पतालमा उपचाररत भक्तपुरका ९२ वर्षीय पुरुषको शुक्रबार राति पौने १० बजे र भदौ १९ देखि उपचाररत काठमाडौँका ५१ वर्षीय पुरुषको शनिबार बिहान २ बजे मृत्यु भएको हो ।

त्यस्तै ललितपुरकै मेगा अस्पतालमा उपचाररत भक्तपुरमा ३८ वर्षीय पुरुषको शनिबार बिहान ७ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।