एजेन्सी ।   एक महिलाले जसले १० वर्षमा ८ जनासँग विहे गरेकी छिन  ।

१० वर्षको अवधिमा ८ जना वृद्धसँग विवाह गरेर गहना तथा नगद चोर्ने गरेको ती महिलालाई आरोप लागेको छ ।

यो घटना भारतको हो । यूपी प्रहरीले ती ‘लुटेर दुलही’लाई पक्राउ गरी उनीविरुद्ध मुद्धा दर्ता गरेको छ ।

यूपीको गाजियाबाद पुलिसले मुद्धा दर्ता गरेको ती महिलाको नाम मोनिका मलिक
भएको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ती महिलाले पछिल्लो समय एक ६६ वर्षीय कन्स्ट्रक्सन कन्ट्रेक्टरलाई आफ्नो निशाना बनाएकी थिइन् । ती महिलाले उनको १५ लाख नगद र अन्य सामान लिएर फरार भएकी थिइन् ।

६६ वर्षीय ती पुरुषको नाम जुगल किशोर हो । उनी ती महिलाको ८ औं पति भएको एजेन्सीले बताएको छ ।

आफ्नो नगद चोरी भएपछि किशोरले प्रहरीलाई उजुरी गरेका थिए । त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दा उनको ८ पति रहेको खुलेको हो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।