काठमाडौं

लकडाउनमा सहज आवागमनका लागि भन्दै विभिन्न प्रतिष्ठित मिडिया तथा प्रिन्टिङ प्रेसको लोगोसहितको परिचयपत्र तथा प्रेस अंकित ज्याकेटहरु बनाएर विक्री गर्ने एक गिरोह केही दिनको अनुसन्धानपछि पक्राउ परेको छ ।

फेसबुकमार्फत नै सम्पर्क गर्ने, नमुनाहरु पठाइदिने र परिचयपत्र तयार गरेर होम डेलिभरीसमेत गर्दै आएको सो गिरोहले एउटा प्रेस कार्डको पाँच सय देखि दुई हजारसम्म लिने गरेको छ ।

नेपाल पत्रकार महासंघ काठमाडौ र केही सक्रिय पत्रकार साथीहरुको लगातारको फलोअप स्टोरीसहित पहलमा उक्त गिरोहलाई आज बागबजारस्थित ‘कालिका डिजाइन’बाट पक्राउ गरिएको हो ।

गिरोह समात्न आवश्यक समन्वयगरि डिएसपीको नेतृत्वमा टोली पठाएर आवश्यक अनुसन्धान अघि बढाउन महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले सघाएका हुन् । बजारमा खुलेआम विक्री हुनुका साथै दुरुपयोग भैरहेको प्रेस कार्ड, त्यस कार्ड बोकेर महंगो कार सडकमा दौडाउने समुह र दुरुपयोग भैरहेको प्रेस ज्याकेट नियन्त्रणमा पनि यस कदमले सघाउ पुग्नेछ भन्ने विश्वास लिइएको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।