एजन्सी । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि थप दुई हप्ता लकडाउन लम्ब्याउने निर्णय अष्ट्रेलियाको मेलबर्न सहरले गरेको छ ।
भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्रयुजले केही खुकुलो पारिए पनि प्रतिबन्ध सेप्टेम्बर २८ सम्म जारी रहने बताएका छन् ।

भिक्टोरिया अष्ट्रेलियामा कोरोना भाइरसको दोस्रो लहरको संक्रमणको केन्द्र बनेको छ । अष्ट्रेलियामा कोरोना भाइरसको कारण मृत्यु हुने ७५३ मध्ये ९० प्रतिशत भिक्टोरियाका मानिस छन् ।

दुई करोड ५० लाखको हाराहारीमा जनसंख्या रहेको अष्ट्रेलियामा समग्रमा २६ हजार संक्रमित फेला परेका छन् । अक्टोबरदेखि त्यहाँ चरणबद्धरुपमा प्रतिबन्ध हटाइने तयारी रहेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएसँगै जुलाई ९ देखि दोस्रोपटक लकडाउन गरिएको थियो, जुन सेप्टेम्बर १३ मा सकिँदै थियो । तर, त्यसअघि नै थप २ हप्ता लकडाउन थपिएको हो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।