काठमाडौं– एकपटक कोरोना लागेर निको भएका व्यक्ति चार महिनासम्म सुरक्षित रहने एक अध्ययनले देखाएको छ। आइसल्यान्डमा गरिएको एक अध्ययनले यस्तो देखाएको हो।

कोरोनाबाट मुक्त त्यहाँका ३० हजार जनामा गरिएको अध्ययनले कोरोना संक्रमणपछि बन्ने ‘एन्टिबडी’ (भाइरसप्रतिरोधी शक्ति) ले कम्तीमा चार महिना काम गर्ने पत्ता लगाएको हो।

यो नै पहिलो अध्ययन हो, जसले भाइरविरुद्ध एन्टिबडीले यति लामो समयसम्म काम गर्ने दाबी गरेको बीबीसीले जनाएको छ।

यो अध्ययन आइसल्यान्डस्थित बायोटेक कम्पनी जेनेटिक्सले गरेको हो। जुन अध्ययन प्रतिवेदन द न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित छ।

यसअघिका सीमित अध्ययनले कोरोना संक्रमणपछि शरीरमा बन्ने एन्टिबडीले केही ९छोटो० समय मात्र काम गर्ने र हराएर जाने निष्कर्ष निकालेका थिए।

विज्ञका अनुसार कोरोना भाइरसले संक्रमण गरेपछि शरीरमा त्यसविरुद्ध लड्ने शक्ति पनि विकास हुन्छ, जसलाई चिकित्सकीय भाषामा एन्टिबडी भनिन्छ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।