काठमाडौं- सचिवालय बैठकको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ ।

विहीबार (१८ गते) सचिवालय बैठक डाकिएकाको अवस्थामा बुधबार साँझ दुई अध्यक्षबीच राष्ट्रिय सभाको रिक्त पदमा कसलाई मनोनयन गर्ने भन्नेबारे सहमति हुन सकेको छैन् ।

आज सहमति नभएपछि यो विषयमा भोली नै छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी कमिटीले फागुन १४ गते गरेको निर्णय कार्यान्वयन गर्दै आफूलाई राष्ट्रिय सभा सदस्य बनाउनुपर्ने बताएपछि नेकपाभित्र नयाँ बहस सुरु भइरहेका बेला ओली र प्रचण्डबीच भेट भएको हो।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।