नवलपरासी। कोरोना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज हुने क्रममा पूर्वी नवलपरासीकी ७५ वर्षीया महिलाको सोमबार निधन भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका– ६ की उनी पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत थिइन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार पुरानो मेडिकल कलेजमा श्वासप्रश्वास, प्रेसर र मुटुसम्बन्धी रोगको उपचार गराइरहेकी उनमा कोरोनो संक्रमण देखिएपछि थप उपचार गरिएको थियो ।

शनिबार स्वाब परीक्षण गर्दा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । डिस्चार्ज हुने तयारीमा रहेका बिरामीको एक्कासि निधन भएको हो ।

पुरानो मेडिकल कलेजका सिइओ सुप्रभात श्रेष्ठले घटनाको पुष्टि गर्दै कोरोना जितिसकेपछि बिरामीको मृत्यु भएको बताए । उनले भने, ‘कोरोना जितिसकेपछि निधन भएको र घटनाकोबारे थप बुझ्ने काम भइरहेको छ ।’

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।