जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको आदेशपत्रमा कार्यालयको ठेगाना बबरमहल उल्लेख छ । पत्रमा पाइएको यो व्यहोराले धेरैलाई अचम्मित बनायो ।

अनलाइन पत्रिका
ललितपुर व्यूरो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले एउटा आदेश जारी गर्दै धेरै गतिविधिमा रोक लगाएको छ । ललितपुर जिल्लामा अनावश्यक काममा भेला हुने, भीडभाड गर्ने, सभा जुलुसलगायतको गतिविधिहरु निषेधित गरेको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको आदेशपत्रमा कार्यालयको ठेगाना बबरमहल उल्लेख छ । पत्रमा पाइएको यो व्यहोराले धेरैलाई अचम्मित बनायो ।
हेर्नुस् पत्र

 

ललितपुरमा प्रमुख जिल्ला अधिकारी नारायण भट्टको नाममा जारी आदेशमा काठमाडौं ठेगाना उल्लेख भएपछि झुठो आदेश भनेर प्रचार भयो । साँझ करिब १० बजेतिर जिल्ला प्रशासनका तोया तिवारीले जिल्ला प्रशासनबाट जारी आदेशमा ठेगाना झुक्किएर उल्लेख भएको अनलाइन पत्रिकालाई बताए । उनले भने, ‘त्यो हटाईदिनुस्, यो राखिदिनुहोला । जसले गर्दा पाटनवासीलाई भ्रम नपरोस् ।’
सच्चाइएको पत्र

उक्त आदेशमा राति १२ बजेदेखि भाद्र १५ गतेको राति १२ बजे सम्मको लागि भएको उल्लेख छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।