काठमाडौं । मालपोत कार्यालय उदयपुरका ६ जना कर्मचारी सहित १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुर प्रमुख मोहन सुबेदीका अनुसार त्रियुगा नगरपालिकाका ८ जना र बेलका नगरपालिकाका ७ जनामा कोरोना पुष्टी भएको हो।

संक्रमित हुने मालपोत कार्यालयका २६, ३२, ३८, ४२ र ४४ वर्षीय पुरुष र ३२ वर्षीया महिला कर्मचारी रहेका छन् । मालपोत कार्यालयका कर्मचारी कै परिवारका ३० र ६२ वर्षीया महिला पनि संक्रमित भएको जिल्ला स्वास्थ्य प्रमुख सुबेदीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।