काठमाडैां ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेकोे प्रचार तथ्यहीन रहेको भनी आपत्ति जनाउनुभएको छ । ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत शाक्यमुनि बुद्ध नेपालमा जन्मिएकामा कुनै शङ्का बाँकी नरहँदा नरहँदै बेलाबखतमा भारतीय नेताहरुबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचका सम्बन्धमा प्रतिकूल असर पार्छन् भन्ने ख्याल गर्न ध्यानाकर्षण गराउनुभएको छ ।
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसद्मै बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर स्पष्ट अभिव्यक्ति दिएको स्मरण गराउँदै पूर्वप्रधानमन्त्री नेपालले भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुःखद् रहेको बताउनुभएको छ ।
“यसबारेमा नेपाल सरकारलाई औपचारिक रुपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु  अभिव्यत्ती सार्वजनीक गरेका छन ।

यसअघि।युरोप यात्रामा रहेको बेला मोदीले समेत भगवान गौतम बुद्ध भारतमा जन्मेको सगौरव व्याख्या गरे। महात्मा गान्धी र गौतमबुद्ध जन्मेको मुलुक भन्दै उनले भारतलाई राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यता मिल्नुपर्ने दाबी समेत गरेका थिए ।।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।