एक व्यक्तिमा कोरोना पोजेटिभ पाइएपछि सो स्थान वरपर सिल गरिएको हो । यो स्थान बंगलामुखी मन्दिरबाट करिब ४ सय मिटरमा दूरीमा छ ।

ललितपुर

ललितपुर महानगरपालिका–११ स्थित मणिडों वरिपरि सिल गरिएको छ । एक व्यक्तिमा कोरोना पोजेटिभ पाइएपछि सो स्थान वरपर सिल गरिएको हो । यो स्थान बंगलामुखी मन्दिरबाट करिब ४ सय मिटरमा दूरीमा छ ।

वडा ११ का वडाअध्यक्ष इन्द्रमान महर्जनले मणिडों टोल विकास समिति, मणिडों टोल सुधार समिति, मणिडों टोल विपद् प्रतिकार्य समूहसँग मिलेर सो स्थान आसपासका क्षेत्र तीन दिनका लागि सिल गरिएको जनाएको छ ।

शंखमूल प्लानिङको पश्चिमपट्टिको बाटो, मणिडों मार्ग, चक्रलालको घर अगाडिको बाटो, सुरेशको पसल अगाडिको बाटो, महालक्ष्मी मार्ट अगाडिको दायाँ र बायाँको बाटो, कौलाछेँ रेस्टुराको बाटो र त्यस क्षेत्रको ५० मिटर वरपर सिल गरिएको छ ।

यसैगरि,

ललितपुरको वडा १३ को कार्यालयमा पनि एउटा सूचना टाँस गरेको छ । वडाध्यक्ष गणेश केसीका अनुसार वडा वरपर संक्रमित देखिएको हुनाले सतर्कता अपनाउन सूचना टाँस गरिएको हो । वडाध्यक्ष केसीका अनुसार वडाभित्रका एक कर्मचारीपनि संक्रमतिसँग सम्पर्कमा देखिएको हुनाले उच्च सतर्कता अपनाएको उनको दावी छ ।

अहिले भने ती कर्मचारीको रिपोर्ट नेगेटिभ आएको हुनाले वडामा उच्च सतर्कता अपनाएर सेवा सुचारु गरिएको केसीले अनलाइन पत्रिकालाई बताए ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।