ललितपुर,अनलाइन पत्रिका। लेले चन्दनपुर मोटरबाटोको कतुवन सडकखण्ड विगत १४ दिनदेखि बन्द रहेको छ । अविरल वर्षातका कारण साउन ५ गते राति पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध हुन पुगेको हो । साउन ७ गते महांकाल गाउँपालिकाले पहिरो पन्छाउने कार्य सुरु गरेपनि पहिरो खस्न नरोकिएपछि गाउँपालिकाले पहिरो पन्छाउने कार्य रोक्यो।

लगातार पानी पर्दा उक्त स्थानमा ७० मिटरको हाराहारीमा पहिरोले सडक भत्काएको छ। पहिरोको आकार ठूलो भएकोले पहिरो पन्छाउँदा सडक माथि र मुनि रहेका बस्तीलाई असर गर्ने, ठोट्नेखोला थुनिने जोखिम बढेको छ। वैकल्पिक रुपमा प्रयोग हुँदै आएको उन्युचौर(मध्यमार्गी सडक पनि हिलाम्मे हुँदा सवारी साधन आवत जावतमा सास्ती हुने गरेको सवारीचालक रामबहादुर वाइबाले बताए।

सडक बन्द हुँदा दूध तरकारी ढुवानीमा समस्या बढेको, स्थानीयहरु पहिरो हुँदै यात्रा गर्ने हुँदा मानवीय जोखिम समेत रहेको स्थानीयले बताए। उनले सडक सुचारु गर्न स्थानीय सरकारले तत्काल पहल सुरु गर्नुपर्ने बताए।

उक्त सडकखण्ड बन्द हुँदा महांकाल गाउँपालिकाका पाँचवटा वडा, बागमती गाउँपालिका र मकानपुर, काभ्रे जिल्लाका यात्रुले समेत सास्ती झेल्नु परेको छ।सडक अवरुद्ध हुँदा कालेश्वर मन्दिर, गुम्बा, बैतरणी धाम, सिम्बा झरना घुम्न आउने आन्तरीक पर्यटक समेत लाई प्रभावित पारेको छ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।