श्रीगोपाल महर्जन

पुल्चोकमा संचालित पुच्व बचत तथा ऋण सहकारी संस्था र पूच्व माइला सनाः गुठीले मृगौला प्रकरणमा ललितपुर महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनलाई ‘फसाइएको’ दावी गर्दै निष्पक्ष छानबीनको माग गर्दै आवाज उठाएका हुन् ।

अनलाइन पत्रिका
ललितपुर

लितपुर महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन पक्राउपछि सहकारीकर्मी र गुठीले पनि आवाज उठाएको छ । पुल्चोकमा संचालित पुच्व बचत तथा ऋण सहकारी संस्था र पूच्व माइला सनाः गुठीले मृगौला प्रकरणमा वडाध्यक्षलाई फसाइएको दावी गर्दै निष्पक्ष छानबीनको माग गर्दै आवाज उठाएका हुन् ।

यसभन्दा अघिपनि टोलवासीले जबरदस्ती फसाइएका वडाध्यक्ष महर्जनलाई बिना शर्त रिहाको समेत माग गरिसकेका छन् । महर्जनको पक्राउमा षडयन्त्रकारीहरुको हात भएको जनाउँदै सुक्ष्म अनुसन्धान आवश्यक रहेको सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइसकेका छन् ।

यस्तै पुल्चोक टोल सुधार समितिका कार्यवाहक अध्यक्ष सुरेन्द्रकुमार शाक्य र पुल्चोक स्पोर्टस् क्लबका अध्यक्ष रविन्द्र जोशीले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गरेर इमान्दार र पारदर्शीपूर्ण तवरले समाजमा सदा समर्पित व्यक्तित्वलाई यसरी फसाइएको घटनाबारे स्तब्ध भएको जनाएको छ ।

यो पनि पढ्नुस् ।

ललितपुरका वडाध्यक्ष पक्राउ प्रकरण : टोलवासी भन्छन्, ‘षडयन्त्रकारीहरुको चंगुलमा फसाइयो’

ललितपुरका वडाध्यक्ष पक्राउ प्रकरण । मेयर चिरिबाबु भन्छन्, ‘झेली गरेको गलत लिखतले हिरासत लिनु जायज छैन ।’

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।