ग्राफिक्स साभार : नागरिक
ग्राफिक्स साभार : नागरिक

बैठकमा मिल्न नसकेका निर्माण व्यवसायीहरुको यस्तो होहल्ला हुँदाको समाचार प्राप्त हुँदा यता रेल विभागका महानिर्देशक मिश्र र डेढ दर्जन निर्माण व्यवसायी मिलेर करिब ३५ अर्ब रुपैयाँको रेल्वे ट्र¥याकबेड बनाउने ठेक्कामा चलखेल चर्चा अझै सेलाएको छैन ।

काठमाडौं

रेल विभागका महानिर्देशक बलराम मिश्रको छनौटमा परेका डेढ दर्जन निर्माण व्यवसायीहरुको काम बाँडफाँटबारेको छलफलमा लफडाको स्थिति आएको छ । बैठकमा सहभागी एक व्यवसायी भन्छन्, ‘व्यवसायीहरुमा सबैभन्दा बढी काम कसले लिने भन्ने विषयमा हानथाप नै भयो ।’

स्रोत भन्छ, ‘महानिर्देशकको निर्देशनका छानिएका निर्माण व्यवसायीहरुले आफ्नो कोटामा बढी रकम पार्न मरिहत्ते गरेपछि बैठकमा कुरा नमिलेको हो ।’ बैठकमा मिल्न नसकेका निर्माण व्यवसायीहरुको यस्तो होहल्ला हुँदाको समाचार प्राप्त हुँदा यता रेल विभागका महानिर्देशक मिश्र र डेढ दर्जन निर्माण व्यवसायी मिलेर करिब ३५ अर्ब रुपैयाँको रेल्वे ट्र¥याकबेड बनाउने ठेक्कामा चलखेल चर्चा अझै सेलाएको छैन ।

रेल्वे ट्र¥याकबेडको पहिलो बैठकमा भएको चर्काचर्कीले यही संकेत गरेको अर्का व्यवसायीले दुःख पोखे । रेल विभागले पूर्व पश्चिम रेल्वे लाइन निर्माण गर्ने क्रममा गत असारमा इनरुवा–काँकडभिट्टा (एक सय ५ किमि) खण्डको रेल्वे ट्र¥याकबेड निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । महानिर्देशक मिश्र र ‘क’ वर्गका केही ठेकेदारबीचको मिलेमतोमा सिमित व्यवसायीले प्रतिस्पर्धा गर्न मिल्ने गरी बोलपत्रमा प्रावधान घुसाएर चलखेल गरिएको आरोप महानिर्देशकमाथि लागेको हो । यो प्रावधान घुसाएपछि १८ व्यवसायीले मात्र ठेक्कामा प्रतिस्पर्धा गर्न पाउँछन् । अहिलेको बोलपत्रमा किटानी गरी ट्र¥याकबेड निर्माण गरेकै अनुभव मागिएकाले डेढ–दुई सय व्यवसायी प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

रेल विभागका स्रोतका अनुसार करिब ३५ अर्ब रुपैयाँको यो ठेक्काका विभिन्न ५४ खण्ड छन् । डेढ दर्जन व्यवसायीले झिनो प्रतिस्पर्धा देखाएर दुईचारवटाका दरले सबै ठेक्का हात पार्ने चाँजोपाँजो मिलाइएको बताइएको छ । रेल्वे ट्र¥याकबेड भनेको रेलमार्गमा लिक बिछ्याउनुअघि माटो पुरेर कच्ची सडकजस्तै बनाउने पूर्वाधारको काम हो । ट्र¥याकबेडको काम पूरा भएपछि मात्र लिक बिछ्याउने काम हुन्छ ।

अहिलेसम्म मुलुकभर यस्तो रेल्वे ट्र¥याकबेड बनाएका अनुुभवी व्यवसायीको संख्या १८ छ । तर नेपालका करिव दुई सय निर्माण व्यवसायीमा ट्र¥याकबेडको काम गरेजस्तै अनुभव छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्धि लक्ष्यमा समेटिएको यो रेल्वे अभियान उच्च प्राथमिकतामा परेको पूर्व–पश्चिम रेलमार्गअन्तर्गतका केही खण्डको अझै विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार हुन नसकेको बताईन्छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।