ल्याबबाट संक्रमितको संख्या पुष्टि हुन ढिलाई भएपछि ललितपुरमा बिहिबार पाइएको संक्रमित संख्या आज सार्वजनिक गरिएको हो ।

अनलाइन पत्रिका
ललितपुर व्यूरो ।

ज ललितपुरमा १३ जना संक्रमित पाइएको सरकारले पुष्टि गरेको छ । यो संख्या ललितपुरमा अहिलेसम्मकै बढी हो । यो संक्रमित संख्यासहित ललितपुरमा कोरोना संक्रमितको संख्या ७४ पुगेको छ ।

स्रोतबाट प्राप्त संक्रमितको यो संख्या अनलाइन पत्रिकाले हिजो बिहिबार साँझ नै प्रकासित गरिसकेको थियो । हिजो साँझको यो संक्रमित संख्यालाई स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको हो ।

‘हिजोको स्वास्थ्य मन्त्रालयको बिफ्रिङमा ल्याबबाट संक्रमित संख्या पुष्टि हुन ढिलाई हुँदा ललितपुरको यो संख्या समावेश भएन ।’ स्रोतले अनलाइन पत्रिकालाई भने, ‘संक्रमितको थप पुष्टिको पहल भइरहेको हुनाले अब पाइएका नयाँ संक्रमितपछि थप गरिनेछ ।’

आज शुक्रबार पाइएको कोरोना संक्रमितको सूची ।

पुनश्च, बिहिबार साँझमात्र पुष्टि भएको यो संक्रमितको संख्यालाई आज शुक्रबार स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । जसमा एकजना संक्रमित केहीदिन अघिको बाँकी केस भएको बताइएको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।