ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले प्रहरीलाई जिल्लाको शान्ति सुरक्षाको व्यवस्थापनमा सक्रिय रहन सुरक्षा सतर्कताबारे सन्देश दिए ।

अनलाइन पत्रिका
ललितपुर ।

लितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले महानगरीय प्रहरी परिसर ललितपुरको निरिक्षण भ्रमण गरेका छन् । प्रजिअ भट्टले पाटन पसेको डेढ महिनापछि प्रहरी परिसरको निरिक्षण गरेको हो ।

भ्रमणसँगै प्रजिअ भट्टले आफ्ना मातहत कार्यालयका कार्यालय प्रमुखलगायत अन्य प्रहरी कर्मचारीहरुलाई जिल्लाको शान्ति सुरक्षाको व्यवस्थापनमा सक्रिय रहन सुरक्षा सतर्कताबारे सन्देश दिए । प्रजिअ भट्टको सुरक्षा निर्देशनमा परिसरका एसपी तुलबहादुर कार्की, डिएसपीद्धय सन्तोष तामाङ र दिपक भारतीसँगै सातदोबाटो प्रहरी वृत्तका डिएसपी मित्रबन्धु शर्मालगायतको उपस्थिती थियो ।

परिसरका प्रमुख तथा एसएसपी टेकप्रसाद राईले सुरक्षामा कुनै सम्झौता नगरिने बताउँदै ललितपुर जिल्लाको वर्तमान शान्ति सुरक्षा सम्बन्धी प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । प्रजिअको भ्रमणमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालको समेत सहभागिता थियो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।