‘हामी कसरी काम गर्ने ? मनभरि डर बढेको छ ?’ महानगरपालिकामा कार्यरत अर्काे कर्मचारीले भने, ‘न स्वास्थ्य रिपोर्ट छ, न कुनै आधिकारिक पत्र ? यसरी हाजिरी गर्न पाइन्छ ?’

अनलाइन पत्रिका
ललितपुर ।

लितपुर महानगरपालिकाको कार्यालयमा बिहानैदेखि हल्लीखल्ली मच्चिएको छ । बाहिरी जिल्लाबाट ललितपुर पसेर कार्यालयमा हाजिरी भएपछि हल्लीखल्ली मच्चिएको कर्मचारी स्रोतले जनाएको छ ।

महानगरपालिकाका एक कर्मचारीले भने, ‘सरकारी कर्मचारी भन्दैमा बिना स्विकृति कसरी कार्यालयमा हाजिर भयो ?’ यी कर्मचारीले यस्तो प्रश्न गरिरहँदा पाटन पसेका उच्च पदमा कार्यरत कर्मचारीले हाजिरी गरेर आफ्नो कार्यकक्षमा प्रवेश गरिसकेका थिए ।

यो दृश्य देखेपछि केही कर्मचारीको हुल आफ्नो मातहतका प्रमुखलाई गुनासो सुनाउन गए । ‘हामी कसरी काम गर्ने ? मनभरि डर बढेको छ ?’ महानगरपालिकामा कार्यरत अर्काे कर्मचारीले भने, ‘न स्वास्थ्य रिपोर्ट छ, न कुनै आधिकारिक पत्र ? यसरी हाजिरी गर्न पाइन्छ ?’

यो घटनाले कर्मचारीवृत्तमा धेरै हल्ला भएपछि ती कर्मचारीलाई महानगरपालिका प्रमुख कार्यकारी निर्देशक प्रेमप्रसाद भट्टराईले भर्खरै ललितपुर टेकेका कर्मचारीलाई बोलाएर घर फिर्ता जान निर्देशन दिए । यति भनेपछि ती कर्मचारीले आफ्नो कार्यकक्षमा चाबी लगाएर जाँदाजाँदै आफ्नो शाखाको हाकिमलाई भने, ‘सरले मलाई घरमै बस्नुस् भन्नु भएको छ । म घरमै जान्छु ।’ त्यसपछि बल्ल होहल्ला शान्त भएको थियो ।

यता ललितपुर महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले ती कर्मचारीको विषयमा बोल्दै भने, ‘सरकारबाट जारी परिपत्र अनुसार १४ दिन क्वारेन्टिनमा बस्नुपर्छ । ती कर्मचारीले यो बुँदालाई पालना गर्छन् भने वडाले सो बमोजिम सिफारिस पत्र जारी गर्नेछ ।’

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।