अनलाइन पत्रिका
ललितपुर व्यूरो ।

गुठी संस्थान ललितपुरले श्री रातो मछिन्द्रनाथको रथारोहण र सो सम्बन्धी कार्यहरु स्थगित गर्ने निर्णय भएको पत्राचार गरेको छ । गुठी संस्थानले मीननाथका ञवाल नाइके चिरीकाजी महर्जनलाई सम्बोधन गर्दै पत्राचार गरेको हो ।

पत्रमा जिल्ला प्रशासन कार्यालयमा २०७७\०३\२३ गते भएको बैठकले रथारोहण स्थगितको निर्णय भएको उल्लेख छ । गुठी संस्थान शाखा कार्यालय ललितपुरले रथारोहण र सो सम्बन्धी कार्यहरू स्थगित गरिएको भनी लेखिएको पत्र सम्बन्धित व्यक्तिहरूलाई पत्राचार गरेर गलत सन्देश दिएको बताइएको छ ।

रातो मच्छिन्द्रनाथको रथारोहणका सम्बन्धमा अनलाइन पत्रिकाले फेला पारेको समाचार यस्तो छ । गुठी संस्थानले रथारोहण सम्बन्धमा जारी गरेको पत्र एकल निर्णय भएको आरोप लगाइएको छ । गुठीले ‘जिल्ला प्रशासन कार्यालयमा भएको बैठकको निर्णय अनुसार’ भनेर उल्लेख गरेपनि बैठकमा यस्तो कुनै निर्णय नभएको उच्च कर्मचारी स्रोतले दावी गरेको छ । स्रोतले भने, ‘रथको निर्माण र जात्राको तयारीका सम्बन्धमा कुरा भएको हो, तर बैठकमा रथारोहण रोक्ने कुनै निर्णय भएको छैन ।’

स्रोतले भने, ‘बैठकमा छलफल मात्र भएको हो । अनौपचारिक छलफलको क्रममा अहिले कोरोना संक्रमण बढिरहेकोले ज्यापु समाज र गुठि संस्थानले पुनः साईत र ज्योतिष देखाएर साउन या भाद्र महिनाको उपयुक्त समयमा गर्ने भन्ने सल्लाह भएको हो ।’ स्रोतले बैठकमा भएको छलफल उद्दत गर्दै अनलाइन पत्रिकालाई भने, ‘रथारोहण कार्य रोक्ने भन्ने निर्णय भएतापनि जिल्ला प्रशासन कार्यालयमा सो सम्बन्धमा कुनै प्रकारको निर्णय भएको छैन ।’

बैठकमा सहभागी भएका एक उच्च पदका कर्मचारीले अनलाइन पत्रिकालाई भने, बैठकमा रथारोहण रोक्ने निर्णय नहुनु तर गुठीले रोक्ने निर्णय भनेर पत्राचार गरेकोमा अचम्म लागेको छ ।

‘बैठकमा यो संवेदनशील समय भएको हुनाले सतर्कता अपनाउने कुरामा छलफल चलेको हो ।’ स्रोतले भने, ‘परम्परागत जात्रालाई कसरी संचालन गर्ने हो भन्नेमा सहमति जुटेको हो ।

गुठी संस्थानको पत्र

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।