खोकनाबासीले भने विकासका नाममा सांस्कृतिक शहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन् ।

ललितपुर

लितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ । उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि बिहानैबाट तनाव थियो । संयुक्त रोपाइँ कार्यक्रममा अघि बढेका खोकनावासीलाई प्रहरीले खेतमा पुग्नु अगाडि नै रोकेको थियो ।

थप टोली बोलाएर प्रहरी अगाडि बढ्न खोजेपछि झडप भएको हो । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइते समेत भएका छन् । भीडलाई तितरवितर बनाउन प्रहरीले अश्रुग्यास हानेको छ ।

काठमाडौं – तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ-भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने तयारी छ । तर स्थानीयबासीले भने विकासका नाममा सांस्कृतिक शहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन् ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।