संक्रमित पाइएको पुष्टि भएपछि मेयर गजेन्द्र महर्जन संक्रमितसँग सम्पर्क आएकाहरुको कन्ट्याक्ट ट्रेसिङमा आफै खटिएका हुन् ।

अनलाइन पत्रिका
ललितपुर ।

गोदावरी नगरपालिकास्थित चापागाउँमा पाइएको कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा मेयर आफै कस्सिएका छन् । संक्रमित पाइएको पुष्टि भएपछि मेयर गजेन्द्र महर्जन संक्रमितसँग सम्पर्क आएकाहरुको कन्ट्याक्ट ट्रेसिङमा आफै खटिएका हुन् । संक्रमितको सम्पर्कमा आएका २० जनाको स्वाब संकलन गरिएको हो ।

मेयर गजेन्द्रले स्थानीयको सुरक्षा सतर्कतामा कस्तो अभियान ल्याउनुपर्छ भन्ने बुझ्ने अवसर मिल्ने हुनाले स्वास्थ्यकर्मीहरुसँगै फिल्डमा खटिएको बताए ।

यसैबीच, आज दिउँसोदेखि संक्रमित पाइएको क्षेत्रको बजारलाई बन्द गरिएको छ । कन्ट्याक्ट ट्रेसिङसँगै पीसीआरको रिपोर्ट नआएसम्म बजार बन्दको निर्देशन भएको मेयर गजेन्द्र महर्जनले अनलाइन पत्रिकालाई बताए ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।