‘लकडाउन खुकुलो भयो, आवतजावत बढेपछि संक्रमितहरु बढ्यो ।’ स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. गेलालले भने, ‘उपत्यकामा आगमन बढेपछि कोरोनाको जोखिम बढेको हो ।’

अनलाइन पत्रिका
ललितपुर व्यूरो

लितपुरमा ७ जनामा कोरोना संक्रमित पाइएको छ । यो संख्यामा ३ स्वास्थ्यकर्मीसमेत रहेका छन् । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार ५ जना महिला र २ जना पुरुषमा कोरोना पुष्टि भएको बताए ।

संक्रमितहरुमा अल्का अस्पतालका तीनजना (दुईजना स्वास्थ्यकर्मी, एकजना विरामी), क्यान्सर हस्पिटलका एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, बुधबार थपिएका संक्रमितहरुमा ललितपुर महानगरपालिका वडा नं. १४ थसिखेलका २७ वर्षीय पुरुष छन् । उनी पेटको आन्द्रामा पानी जमेर उपचार गर्न अल्का हस्पिटलमा पुगेका थिए ।

त्यस्तै.सप्तरीका ३१ वर्षीय पुरुष जो ललितपुर महानगरपालिका वडा नं. १४ थसिखेल बस्छन् । खोटाङका ३४ वर्षीया महिला जो ललितपुर महानगरपालिका वडा नं. १५ सातदोबाटो बस्छिन् । यी दुवैजना अल्का अस्पतालमा कार्यारत रहेको बताइएको छ ।

त्यस्तैगरि, गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँका ६६ वर्षिय पुरुष, महालक्ष्मी नगरपलिका वडा नं. ८ लुभँुका २३ वर्षकी युवतीपनि संक्रमित पुष्टि भएको छ । यी २३ वर्षीय युवती ज्वरो आई बयोधा हस्पिटल पुगेकी थिइन् ।

साथै, ललितपुर महानगरपालिका वडा नं. २३ हात्तीवनकी २४ वर्षीय युवतीमा पनि कोरोना पुष्टि भएको छ । उनी क्यान्सर हस्पिटलमा कार्यरत छिन् ।

‘लकडाउन खुकुलो भयो, आवतजावत बढेपछि संक्रमितहरु बढ्यो ।’ स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. गेलालले भने, ‘उपत्यकामा आगमन बढेपछि कोरोनाको जोखिम बढेको हो ।’ यो संख्यासँगै ललितपुरमा कोरोनाबाट संक्रमितको संख्या १६ पुगेको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।