ललितपुर

लितपुरको विविध अस्पतालमा उपचारत पाँचजनामा कोरोना संक्रमित पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरका ५ जनामा संक्रमित पाइएको पुष्टि गरेका हुन् । मन्त्रालयका अनुसार संक्रमितहरुमा ३ महिला र २ पुरुष छन् ।

संक्रमित पाइएकाहरुमा गोदावरीका स्थानीय पुरुष, महालक्ष्मी नगरपालिकाकी एक महिला छिन् । त्यस्तै,
ललितपुर महानगरपालिकाकी दुई महिला छिन् । एक जना पुरुषको विवरण गोप्य राखिएको छ । यो संख्यासँगै
ललितपुरमा कोरोनाबाट संक्रमितको संख्या १४ पुगेको छ । जसमा दुईजनाको कोरोनाबाट निधन भएको मन्त्रालयले पुष्टि गरिसकेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा ४८२ जना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।