उपत्यकामा थप १४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।

काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लोे २४ घण्टामा काठमाडौं उपत्यकामा १४ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका छन् । उपत्यकामा थप १४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका दुई पुरुष र भक्तपुरका एक महिला, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक महिला, ललितपुरका एक पुरुष र त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ४ महिला र ५ पुरुष रहेका छन् ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।