असार ११ गते कतारबाट स्वदेश फर्किएका २८ वर्षिय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । ती युवा नेपाल फर्किए लगत्तै एयरपोर्ट नजिकैको होटलमा बसेका थिए ।

अनलाइन पत्रिका
ललितपुर ।

स्टार हस्पिटलमा कोरोना संक्रमणको निधन भएको समाचार सेलाउन नपाउँदै ललितपुर महानगरपालिका वडा नं. १४ स्थित नख्खिपोटका एक युवामा कोरोना पुष्टि भएको छ ।

असार ११ गते कतारबाट स्वदेश फर्किएका २८ वर्षिय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । ती युवा नेपाल फर्किए लगत्तै एयरपोर्ट नजिकैको होटलमा बसेका थिए ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार ती युवा ललितपुर गएको पाइएन । उनलाई बलम्बुको आइसोलेसनमा भर्ना गरिएको छ ।

 

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।