स्वास्थ्य कार्यालयबाट गएका अनुमगन टोलीका एक सदस्यले अनलाइन पत्रिकालाई भने, ‘शुरुदेखि नै सुरक्षा सतर्कतामा सावधानी अपनाएको हुनाले सेवामा कुनै अवरोध नगर्न भनेको छौं ।’

अनलाइन पत्रिका
ललितपुर व्यूरो

सानेपास्थित स्टार हस्पिटलमा शनिबार साँझ निधन भएका २९ वर्षीय युवाको शव व्यवस्थापन भइसकेको छ । शव व्यवस्थापनको शुरुमा चालक नहुँदा समस्या देखिएको थियो । स्टार हस्पिटलको व्यवस्थापकीय समूह र सेनाको सक्रिय टोलीसहितको समन्वयमा शब व्यवस्थापन सम्भव भएको हो ।

शव व्यवस्थापनमा आएको अवरोधलाई सहज बनाउन हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रविण तुलाधर र व्यवस्थापकीय प्रमुख सन्देश जिसीले सरकारी निकायसँगको समन्वय गरेको बताइएको छ ।

शव व्यवस्थापनपछि स्टार हस्पिटलको सम्पूर्ण स्वास्थ्य सेवा सुचारु नै राखिएको छ । ‘हस्पिटलको कुनैपनि सेवा प्रभावित भएको छैन ।’ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत तुलाधरले अनलाइन पत्रिकालाई भने, ‘हस्पिटलमा प्रवेशको छुट्टै बाटो र छुट्टै कोभिड वार्ड भएको हुनाले स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि कुनै कैफियत देखिएन ।’

स्टार हस्पिटलमा निधन भएका युवा कोरोना संक्रमित भएको सरकारले पुष्टि गरिसकेको छ । पुष्टिपछि सुरक्षा सतर्कता अपनाउन हस्पिटल सिल गर्नुपर्ने प्रावधान छ । तर स्टार हस्पिटलले प्रारम्भदेखि नै सुरक्षामा हाइ अलर्ट अपनाइएको पाइएको छ । स्वास्थ्य कार्यालयबाट गएका अनुमगन टोलीका एक सदस्यले अनलाइन पत्रिकालाई भने, ‘शुरुदेखि नै सुरक्षा सतर्कतामा सावधानी अपनाएको हुनाले सेवामा कुनै अवरोध नगर्न भनेको छौं ।’

यसैबीच, पीसीआर परिक्षण र ल्याबको व्यवस्था गरेर अनुमति पर्खिएको स्टार हस्पिटलले अन्ततः अनुमति प्राप्त गरेको छ । स्टार हस्पिटल पीसीआर ल्याबको अनुमति पाउने पहिलो निजी अस्पताल बनेको छ ।

समुदायसँगको स्वास्थ्य सतर्कताप्रति हाम्रो बढी जिम्मेवारी भएको बताउँदै स्टार हस्पिटलका प्रबन्ध निर्देशक साहिल रुपाखेतीले अनलाइन पत्रिकालाई भने, ‘गम्भीर समयमा जिम्मेवारी बोधको अवसर दिएकोमा सरकारप्रति आभारी छौं ।’

यो पनि पढ्नुस् ।

BREAKING NEWS : स्टार हस्पिटलमा एकजनाको निधन, ‘कोरोना संक्रमण’को उच्च शंकास्पद युवाको पीसीआर रिपोर्टको प्रतिक्षा !

BREAKING NEWS : स्टार हस्पिटलमा निधन भएका युवाको पीसीआर पोजेटिभ : `हाई अलर्ट´को सुरक्षामा हस्पिटल !

पीसीआर मेशिन र ल्याब तयार : सरकारको अनुमति पर्खिदैँ स्टार हस्पिटल

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।