आइतबार रात ११ बजे अनलाइन पत्रिकालाई प्राप्त भएको स्टार हस्पिटलको उच्च स्रोतका अनुसार ‘कोरोना संक्रमणको उच्च शंकास्पद पाइएको’ रौतहटका २९ वर्षीय युवाको कोरोना संक्रमित रहेको पुष्टि भएको हो ।

 

सानेपास्थित स्टार हस्पिटलमा हिजो निधन भएका युवाको पीसीआर रिपोर्ट पोजिटिभ पाईएको छ । ती युवाको हिजो (शनिबार) साँझ ८.४० मा निधन भएको थियो ।

आइतबार रात ११ बजे अनलाइन पत्रिकालाई प्राप्त भएको स्टार हस्पिटलको उच्च स्रोतका अनुसार ‘कोरोना संक्रमणको उच्च शंकास्पद पाइएको’ रौतहटका २९ वर्षीय युवाको कोरोना संक्रमित रहेको पुष्टि भएको हो ।

‘हस्पिटलमा रिफर भएर आएका ती युवाको कोरोना संक्रमणको उच्च शंकास्पद पाइएको थियो ।’ हस्पिटल स्रोतले अनलाइन पत्रिकालाई भने, ‘कोरोना नै भनेर पुष्टि भएको छ ।’ रिपोर्टको आधारमा स्वास्थ्य मन्त्रालयले यसबारे निर्णय गर्नेछ ।

रौतहटका ती युवाको परिवार र उनको सम्पर्कमा आएका हस्पिटलका कर्मचारीहरु विशेष निगरानीमा छन् ।

यो पनि पढ्नुस्

BREAKING NEWS : स्टार हस्पिटलमा एकजनाको निधन, ‘कोरोना संक्रमण’को उच्च शंकास्पद युवाको पीसीआर रिपोर्टको प्रतिक्षा !

पीसीआर मेशिन र ल्याब तयार : सरकारको अनुमति पर्खिदैँ स्टार हस्पिटल

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।