हिजो एक युवाको निधनको घटनाबारे बोल्दै चिकित्सकले भने, ‘हामीले पीसीआर सम्बन्धि सम्पूर्ण तयारी गरिसकेका छौं, अनुमति कुर्देछौं ।’

अनलाइन पत्रिका
ललितपुर

सानेपास्थित स्टार हस्पिटलले पीसीआर मेशिन र ल्याबको व्यवस्था गरेर अनुमति पर्खिरहेको छ । केही साताअघि सम्बन्धित निकायबाट आएको अनुगमनमा कुनै कैफियत नदेखिएपनि अनुमति दिने तयारी भएको हो । स्टार हस्पिटलले अनुमति पाएपछि पीसीआर परिक्षण र रिपोर्टको सहजता हुनेछ ।

हिजो स्टार हस्पिटलमा भएको एक युवाको निधनले पीसीआर परिक्षण र रिपोर्ट तत्कालै हुनुपर्छ भन्ने पाठ सिकाएको छ । हस्पिटलका एक चिकित्सक भन्छन्, ‘रातारात पीसीआरको लागि पठाउनु परेको छ ।’ हिजो घटनाबारे बोल्दै चिकित्सकले भने, ‘हामीले पीसीआर सम्बन्धि सम्पूर्ण तयारी गरिसकेका छौं, अनुमति कुर्देछौं ।’

स्मरण रहोस्, स्टार हस्पिटल ललितपुरमा फिभर क्लिनिक चलाउने र उच्च सुरक्षा अपनाउन पीपीई निर्माण गर्ने पहिलो प्राइभेट हस्पिटल हो ।

यो पनि पढ्नुस् ।

BREAKING NEWS : स्टार हस्पिटलमा एकजनाको निधन, ‘कोरोना संक्रमण’को उच्च शंकास्पद युवाको पीसीआर रिपोर्टको प्रतिक्षा !

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।