आकस्मिक बैठक बसी रातको १० बजेदेखि बिहानको ५ बजेसम्म हिँडडुलमा रोक लगाएको समितिका अध्यक्ष हिमबहादुर रानाभाटले जानकारी दिए ।

काठमाडौं

धार्मिक पर्यटकीयस्थल छाब्दी बाराही मन्दिरमा रहेको पुरानो शंख चोरी भएको छ । छाब्दी क्षेत्रमा एकाएक चोरीका घटना बढ्दै जान थालेपछि भक्तजनलाई मन्दिरमा प्रवेश रोक लगाएको छ ।

सदरमुकाम दमौलीबाट करिब ८ किमि पूर्वतर्फ पर्ने छाब्दी मन्दिरमा शुक्रबार राति चोरी भएपछि छाब्दी सुधार समितिले शनिबार आकस्मिक बैठक बसी रातको १० बजेदेखि बिहानको ५ बजेसम्म हिँडडुलमा रोक लगाएको समितिका अध्यक्ष हिमबहादुर रानाभाटले जानकारी दिए ।

कुखुरा, बाख्रा, खसी, बोका र एक मोटरसाइकल चोरी भएको अध्यक्ष रानाभाटले बताए ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।