‘स्टार हस्पिटलमा रिफर भएर आएका ती युवा कोरोना संक्रमणको उच्च शंकास्पद पाइएको हो ।’ हस्पिटल स्रोतले अनलाइन पत्रिकालाई भने, ‘कोरोना नै भनेर पुष्टि हुन पीसीआरको रिपोर्ट आवश्यक पर्छ ।’

अनलाइन पत्रिका
ललितपुर व्यूरो

सानेपास्थित स्टार हस्पिटलमा साँझ ८.४० मा एकजना युवाको निधन भएको छ । हस्पिटलको उच्च स्रोतका अनुसार कोरोना संक्रमणको उच्च शंकास्पद पाइएको युवाको निधन भएको हो ।

‘हस्पिटलमा रिफर भएर आएका ती युवाको कोरोना संक्रमणको उच्च शंकास्पद पाइएको हो ।’ हस्पिटल स्रोतले अनलाइन पत्रिकालाई भने, ‘कोरोना नै भनेर पुष्टि हुन पीसीआरको रिपोर्ट आवश्यक पर्छ ।’ रिपोर्ट आएपछि मात्रै पुष्टि हुनेछ ।’ समाचार तयार पार्दा सम्म ती युवाको स्वाब परिक्षणको लागि पठाउने तयारी भइरहेको छ ।

पाटन अस्पतालको कोभिड प्रतिरक्षा टोली सँगसँगै समन्वय गर्दै आइरहेको स्टार हस्पिटलले कोभिड वार्ड छुट्टाएको छ । ‘रौतहटका ती युवालाई हस्पिटलको कोभिड वार्डमा भर्ना गरिएको थियो ।’ हस्पिटलको उच्च स्रोतले अनलाइन पत्रिकालाई भने, ‘ती युवाको सम्पर्कमा आएका हस्पिटलका पाँच कर्मचारीहरु क्वारेन्टिनमा बसिसकेका छन् ।’

स्मरण रहोस्, स्टार हस्पिटल ललितपुरमा फिभर क्लिनिक चलाउने र उच्च सुरक्षा अपनाउन पीपीई निर्माण गर्ने पहिलो प्राइभेट हस्पिटल हो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।