प्रा.डा मलखलाल श्रेष्ठ, वरिष्ठ मुटुरोग सर्जन

पछिल्लो समय लकडाउन खुकुलो भएसँगै यसको प्रयोगप्रति बढ्दो बेवास्ताले गर्दा आगामीदिनमा कोभिडको संक्रमणको जोखिम बढ्न सक्नेतर्फ प्रा.डा श्रेष्ठले सचेत गराए ।

रिष्ठ मुटुरोग सर्जन प्रा.डा मलखलाल श्रेष्ठले नेपालमा सरकारले समयमै लकडाउन (बन्दाबन्दी) गरेका कारण कोभिड १९ को संक्रमणले विकराल अवस्था ल्याउनबाट रोकेको बताएका छन् ।

जर्मनीको ह्यानोभर मेडिकल स्कुल (विश्वकै प्रसिद्ध मेडिकल विश्वविद्यालय) मा २५ वर्षदेखि कार्यरत प्रा.डा श्रेष्ठले लकडाउनसँगै शुरुमा भारतबाट आउने नेपालीलाई स्वदेश प्रवेश दिएर केहीदिन क्वारेन्टिनमा राखेर आ­आफ्नो घरमा जाने प्रबन्ध मिलाउन सकेको भए संक्रमणको संख्या यति नपुग्ने दावी गरे ।

अझैपनि धेरै जनालाई मास्कको उचित प्रयोग, स्यानिटाइजर र साबुनपानीले हात धुनेजस्ता सामान्य तथा महत्वपूर्ण कुराहरुका बारेमा जानकारी पुग्न नसकेको र पछिल्लो समय लकडाउन खुकुलो भएसँगै यसको प्रयोगप्रति बढ्दो बेवास्ताले गर्दा आगामीदिनमा कोभिडको संक्रमणको जोखिम बढ्न सक्नेतर्फ प्रा.डा श्रेष्ठले सचेत गराए ।
जर्मनीका प्रधानमन्त्री इन्जिला मेकर (जो आफैपनि आणविक वैज्ञानिक हुन्) ले त्यहाँको सरुवा रोग इन्टिच्युट रोबर्ट ककका निर्देशक र विशेषज्ञहरुके कमिटीले दिएको सुझाव अनुसार कार्य गरेकाले रोगलाई नियन्त्रण गर्न सजिलो भएको समेत उल्लेख गरे ।

कोरोनाका बारेमा सरकारले जनतामा त्रास नभई आशा जगाउन सक्नुपर्नेमा जोड दिँदै उनले भने, ‘यसमा ८० प्रतिशत संक्रमितलाई केही हुँदैन, १५ प्रतिशतमा मात्र लक्षण देखापर्ने हो र बाँकी पाँच प्रतिशतमा मात्र जोखिम हुने भएकाले त्यसलाई ध्यानमा राखी उपचार गर्दा रोग फैलिन पाउँदैन ।’

को हुन् मलखलाल ?
बुढानीलकण्ड स्कुलबाट २०३८ सालमा प्रवेशिका परीक्षामा बोर्डमा परेका उनले अस्कल क्याम्पसबाट आइएस्सीमा पनि बोर्डमा परेपछि छात्रवृत्तिमा भारतको कोलकत्ताबाट एमबिबिएस गर्नु भई अढाइ वर्ष बीर अस्पतालमा सेवा गरे । त्यसपछि जर्मनीको मेडिकल युनिभर्सिटीबाट छात्रवृत्ति पाई सन् २००५ मा पिएचडी गर्नुभयो र २००९ मा पुनः अर्को पिएचडीको डिग्री पनि हासिल गरेका हुन् ।

सन् २०१२ देखि प्रोफेसरका रुपमा कार्य गर्न थाल्नुभएका उनी हाल अमेरिका, बेलायत, इटाली, हङकङलगायत विभिन्न देशमा भिजिटिङ प्रोफेसरको रुपमा कार्यरत हुनुहुन्छ भने मुटुबाट आउने नशाको शल्यक्रिया (जुन १० घण्टासम्म लगाएर गरिने अत्यन्त जटिल मानिन्छ) गर्ने विश्वका उच्च पाँच सर्जनमध्ये उनी पर्छन् ।
उनी भन्छन्, ‘राज्यले हामीजस्ता देश बाहिर रहेका विशेषज्ञहरुको सेवा लिन चाहेमा हामी निःशुल्क मात्र होइन, उल्टै हामीले सहयोग गर्ने गरी सेवा गर्न तत्पर छौँ ।’

यसपटक पनि प्रा. डा श्रेष्ठकी आमा (सर्वोच्च अदालतकी प्रथम महिला न्यायाधीश शिलु सिंह) को निधनको समयमा नेपाल आउँदापनि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्टमा तीनवटा शल्यक्रिया गर्न भ्याएका छन् ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।