तस्वीर : सविन थापा

एम्बुलेन्सले रातारात मान्छे ओसारेको गुनासो आइरहँदा यो तस्वीरले एम्बुलेन्सको दुरुपयोग प्रमाणित गरिदिएको छ ।

सविन थापा
काठमाडौं ।

लितपुरमा एम्बुलेन्स खोज्नुपर्ने जात्रा बल्ल सकिएको दावी गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी नारायण भट्ट र स्वास्थ्य कार्यालय प्रमुख डा.खगेश्वर गेलालको समन्वयमा केही एम्बुलेन्स सेवाका लागि अहोरात्र तयारी अवस्थामा राखिएका छन् ।

विशेष सहयोगीबाट अनलाइन पत्रिकालाई प्राप्त १२ पृष्ठ लामो कागजातमा एम्बुलेन्स र शववाहन तयारी अवस्थामा राखिएको उल्लेख गरिएको छ । एम्बुलेन्स र शववाहनको विषयमा अनलाइन पत्रिकाले पटकपटक आवाज उठाएपछि सम्बन्धित निकायले यसबारे चासो दिएका हुन् । अनलाइन पत्रिकाले एम्बुलेन्स कथा शिर्षकमा पटकपटक सरोकारवालाई ध्यानाकर्षण गराएको थियो ।

एम्बुलेन्सको सेवाबारे अनेक टिकाटिप्पणी भइरहँदा एम्बुलेन्सको दुरुपयोगको एउटा तस्वीर अनलाइन पत्रिकालाई प्राप्त भएको छ । एम्बुलेन्सले रातारात मान्छे ओसारेको गुनासो आइरहँदा यो तस्वीरले एम्बुलेन्सको दुरुपयोग प्रमाणित गरिदिएको छ । हेर्नुस् तस्वीर ।

एम्बुलेन्स चालकले तरकारी बोकेको स्विकार गरेका छन् । उनले भने, ‘अस्पतालमा संचालित क्यान्टिनको लागि तरकारी लिन आएको हुँ ।’

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।