‘चोरमाथि निगरानी राख्ने र चोर पक्रिने प्रहरीमाथि यस्तो दबाबले कसरी हुन्छ सुरक्षा ?’ प्रहरी स्रोतले भने, ‘छोड्नैपर्ने अवस्था आयो र छोडियो ।’

काठमाडौं

काएक चोरीको खबर आएपछि प्रहरीको टोली घटनास्थल पुग्यो । डिजेल चोरिरहँदा एकजनालाई प्रहरीले नियन्त्रणमा लियो । ट्रिपरबाट करिब ६० लिटर डिजेल चोरिरहँदा रंगेहात समातिएपछि ती युवालाई प्रहरी चौकी ल्याइयो ।

प्रहरीको मुद्दा शाखाले चोरी प्रकरणमा दुई अक्षर लेख्न भ्याएकै थिएन । ‘ती युवालाई समातिएको आधा घण्टा नबित्दै छोड्न दबाब आयो ।’ प्रहरी स्रोतले अनलाइन पत्रिकालाई भने, ‘डिजेल चोरीमा समातिएका युवाको माथिसम्मको कनेक्सन रहेछ ।’ ती युवालाई छोड्न माथिल्लो तहबाटै फोन आएको प्रहरी स्रोतको दावी छ ।

‘चोरमाथि निगरानी राख्ने र चोर पक्रिने प्रहरीमाथि यस्तो दबाबले कसरी हुन्छ सुरक्षा ?’ प्रहरी स्रोतले भने, ‘छोड्नैपर्ने अवस्था आयो र छोडियो ।’ चोरीमा समातिएका ती युवाको कनेक्सन देखेर प्रहरीपनि अचम्मित छन् । अहिले यो घटना प्रहरी वृत्तमा चर्चाको विषय बनेको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।