सातदोबाटोका ट्राफिक प्रमुख इन्स्पेक्टर भोलामान सिंह अधिकारीले ‘म होइन, म ड्युटीमै छु’ भनेर सबैलाई प्रष्टिकरण दिइरहे । त्यो दिन भोकै रहेका अधिकारीले बेलुका खाना खाँदासम्म नै ‘म कार्यालयमै छु, पक्राउ परेका इन्स्पेक्टर म होइन’ भनेर जवाफ दिइरहे ।

ललितपुर

हानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत एकजना प्रहरी निरीक्षकलाई विशेष व्यूरोले पक्राउ गरेको छ । इन्स्पेक्टर पक्राउ परेको एकाध घण्टा नबित्दै ‘सातदोबाटोका इन्स्पेक्टर पक्राउ’ भनेर हल्लीखल्ली भयो । विशेष सुराकीको आधारमा लागू औषध नियन्त्रण व्यूरोले इन्स्पेक्टरलाई पक्राउ गरेको बताइएको छ ।

व्यूरोको प्रहरी टोलीले इन्स्पेक्टरको झोलामा लागू औषधसमेत पाइएको प्रहरी स्रोतले जनाएको छ । रातभर सुरक्षा ड्युटीमा खटिएका ती इन्स्पेक्टर बिहान घर हिड्न लागेको बेला व्यूरोले समातेको हो ।

व्यूरोले ती इस्पेक्टरलाई समातेपछि सबैभन्दा बढी तनाव भने सातदोबाटोका ट्राफिक प्रमुख इन्स्पेक्टर भोलामान सिंह अधिकारीले भोगेका छन् । बिहानै बैठकका लागि महाशाखा पुगेका इन्स्पेक्टर अधिकारीको मुड फ्रेस नै थियो । बैठक सिध्याएर उनी खाना नखाई ‘पशुपतिको यात्रा सिद्राको व्यापार’ भने झैं उतैबाट स्थलगत निरिक्षणमा निस्किए । बालकोटदेखि टिकाथली जोड्ने गोदावरी पुलदेखि ललितपुर ट्राफिक प्रहरीको जिम्मामा पर्छ ।

इन्स्पेक्टर अधिकारी मनोहरा कोरिडोर निर्माणस्थलमा छड्के पुगेका थिए । कोरिडोर निर्माणको स्थलगत जानकारी लिइरहँदा इन्स्पेक्टर अधिकारीको मोबाइल बज्यो । अधिकारीले सहजरुपमा जवाफ दिए, ‘म कोरिडोर निरिक्षणमा आएको छु ।’ उताबाट भने, ‘तपाईँलाई पक्राउ गरेको भन्ने खबर आयो त ।’

त्यसपछि ललितपुरका ट्राफिक प्रमुख अधिकारीको फोन धमाधम बज्न थाल्यो । सबैले सातदोबाटोका इन्स्पेक्टर समातेको प्रकरणसँग अधिकारीलाई जोडेका रहेछन् । अधिकारीको जिल्लाबाट पनि फोन आउन थालेपछि उनी तनावमा देखिए । इन्स्पेक्टर अधिकारीले ‘म होइन, म ड्युटीमै छु’ भनेर सबैलाई प्रष्टिकरण दिइरहे । त्यो दिन भोकै रहेका अधिकारीले बेलुका खाना खाँदासम्म नै ‘म कार्यालयमै छु, पक्राउ परेका इन्स्पेक्टर म होइन’ भनेर जवाफ दिइरहे ।

व्यूरोले पक्राउ गरेका इन्स्पेक्टर महानगरीय प्रहरी वृत्त सातदोबाटोमा करिब छ महिना आफ्नो ड्युटी सम्हालेको बताईन्छ । त्यसपछि उनी ललितपुर प्रहरी परिसर जावलाखेलको कार्य शाखाको जिम्मा लिन पुगेका थिए ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।