ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाका दुई युवामा कोरोना संक्रमित पाइएको स्वास्थ्य स्रोतले पुष्टि गरेको छ ।

ललितपुर

लितपुरमा बिहानै दुईजना युवामा कोरोना संक्रमित पाइएको छ । ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाका दुई युवामा कोरोना संक्रमित पाइएको स्वास्थ्य स्रोतले पुष्टि गरेको छ । दुवै युवालाई पाटन अस्पतालको कोभिड वार्डको आइसोलेसनमा भर्ना गरिएको छ ।

बिहीबार कोरोना पोजेटिभ देखिएका दुवैले अहि ले स्वास्थ्य लाभ गरिरहेको अस्पताल स्रोतले जनाएको छ । यता स्वास्थ्य स्रोतले अनलाइन पत्रिकालाई भने, ‘ललितपुरका दुईजना युवा संक्रमित पाइएको हो । हामीले मन्त्रालयमा जानकारी उपलब्ध गराइसकेका छौं ।’

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।