ललितपुर

गोदावरी नगरपालिकाको सातौं नगरसभामा १३ औं सागका ३ जनालाई सम्मानित गरिएको छ । सम्मानित हुनेहरुमा प्रशिक्षक गंगाराम महर्जन, प्रशिक्षक दिपक श्रेष्ठ र उस्सुतर्फका कास्यपदक विजेता निकेश श्रेष्ठ रहेका छन् । प्रशिक्षकद्धयलाई दुई/दुई लाख र खेलाडीलाई एकलाखसहित सम्मानित गरिएको हो ।

यसैगरि, अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा मेडल प्राप्त गर्ने खेलाडीहरु रामसुन्दर सिल्वाल, शुभ सिलवाल, संघर्ष पहरी, सुमन तामाङ, सोनम थिङ, हरिकृष्ण पहरी र युविसन मगरलाई नगद १० हजारसहित सम्मान गरिएको छ । साथै, सो प्रतियोगिताका प्रशिक्षक चीन वहादुर तामाङ र राजु महर्जनलाई समेत नगद १० हजारसहित सम्मान गरेको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।