ललितपुर

कोन्ज्योसोम गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ को कुल बजेट ३८ करोड ९५ लाख ४३ हजार हुने अनुमान गरिएको हो ।

कोन्ज्योसोम गाउँपालिकाको छैटौंं गाउँ सभामा उक्त बजेट प्रस्तुत गरिएको थियो । कुल बजेटमध्ये आन्तरिक राजश्वतर्फ ६० लाख, संघीय सरकार अनुदान तर्फ ६ करोड ७१ लाखलगायतको अनुमान गरिएको गाउँपालिका अध्यक्ष गोपीलाल सिङ्तानले बताए ।

 

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।