काठमाडौं र ललितपुरको हकमा संक्रमितको संख्या ह्वात्तै नबढे आगामी दिनमा पनि अहिलेकै खुकुलो मोडालिटीलाई निरन्तरता दिने बुझिएको छ ।

अनलाइन पत्रिका
ललितपुर ।

रकारले असार १ गतेदेखि लकडाउनलाई खुकुलो बनाएपछि धेरैले यो लकडाउन सकिएको संकेत भनेर बुझेका छन् । तर संक्रमितको संख्या ह्वात्तै बढेपछि अब फेरि लकडाउन हुने भनेर अड्कल काट्नेहरुको भीडपनि उत्तिकै छ । लकडाउन हुन्छ वा हुन्न ? यसको सत्य यस्तो छ ।

गृह मन्त्रालयको उच्चस्रोतका अनुसार मुलुकभर एकैनासले लकडाउन खुकुलो वा कडा बनाउने भन्नेबारेमा कुनै छलफल भएको छैन । संक्रमितको संख्यालाई ध्यानमा राखेर निश्चित जिल्ला वा क्षेत्रमा भने लकडाउनको मोडालिटी परिवर्तन हुनसक्छ भनेर मन्त्रालयमा चर्चा छ ।

उदाहरणको लागि संक्रमितको संख्या पाँचसय नाघेको जिल्ला वा कुनै विशेष क्षेत्रमा लकडाउनलाई पूर्णरूपमा कडा तुल्याउन सकिने छ । त्यसैगरी तीन सय, दुई सय र एक सय नाघेका जिल्ला वा कुनै विशेष क्षेत्रको हकमा पनि सरकारले सोही प्रकृतिको लकडाउन मोडालिटी कडा अपनाउने रणनीति तयार पारेको छ । तर, संक्रमितको संख्या र जोखिम न्यून रहेका जिल्ला र क्षेत्रमा भने लकडाउन सामान्य नै हुनेछ ।

काठमाडौं र ललितपुरको हकमा संक्रमितको संख्या ह्वात्तै नबढे आगामी दिनमा पनि अहिलेकै खुकुलो मोडालिटीलाई निरन्तरता दिने बुझिएको छ । सरकारी अधिकारीहरूका अनुसार राजधानी काठमाडौंको जनघनत्वलाई ध्यानमा राखेर उपत्यका भित्रिने यात्रु र सवारी साधनमाथिको हालको निगरानीलाई अझै केही समय निरन्तरता दिइनेछ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।