४१ वर्षीय उनी युएनको चार्टर विमानबाट अफगानिस्तानबाट स्वदेश फर्किएकी हुन् ।

अनलाइन पत्रिका
ललितपुर ।

लितपुरकी एक महिलामा कोरोना संक्रमित पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जेठ ३२ गते नेपाल ओर्लिएकी उनी पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठमा क्वारेन्टाइनमा बस्दै आएकी हुन् । ४१ वर्षीय उनी युएनको चार्टर विमानबाट अफगानिस्तानबाट स्वदेश फर्किएकी हुन् ।

स्रोतका अनुसार स्वदेश आएकै दिनदेखि उनी क्वारेन्टिनमै छिन् । ललितपुर घर भएकी ती महिलाको कोरोना संक्रमितको रिपोर्ट आएसँगै ज्वरो र सुख्खा खोकीको लक्षण देखिएको छ । ती महिलालाई हाल बलम्बुको आइसोलेसनमा राखिएको छ ।

यो सँगै ललितपुरमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । ती मध्ये १ जनाको मृत्यु भएको र ३ जना उपचारत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।