भारतीय कालिगढहरुको दैनिकी गुजारालाई कुनै कठिनाई नहोस् भनेर यस्तो सराहनीय कार्य गरेकोमा भारत मैत्री समाजले ललितपुर सुनचाँदी व्यवसायी संघप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

अनलाइन पत्रिका
ललितपुर ।

लितपुर सुनचाँदी व्यवसायी संघको आयोजनामा भारतीय कालिगढहरुलाई राहत वितरण गरिएको छ । नेपाल भारत मैत्री समाजको सहयोगमा राहत वितरण गरिएको हो । ललितपुरमा कार्यरत कालिगढहरुलाई राहत वितरण गरिएको संघका अध्यक्ष रमेश बहादुर शाक्यले बताए ।

‘लकडाउनले जीवनयापन असहज भएको छ’ महासंघका केन्द्रिय सचिव किरणभाई बज्राचार्यले भने, ‘दैनिकीलाई सहज बनाउने प्रयास गरेका हौं ।’

राहत वितरण गरिरहँदा संघका सम्पूर्ण पदाधिकारीहरु खुशी देखिन्थ्यो ।

भारतीय कालिगढहरुको दैनिकी गुजारालाई कुनै कठिनाई नहोस् भनेर यस्तो सराहनीय कार्य गरेकोमा नेपाल भारत मैत्री समाजले संघप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

संघले सहयोगी संस्था नेपाल भारत मैत्री समाजलाई मायाको चिनोस्वरुप बौद्ध स्तुपा प्रदान गरेको संघका महासचिव विपिन शाक्यले अनलाइन पत्रिकालाई बताए ।

राहत वितरणका कार्यक्रममा ललितपुर सुनचाँदी व्यवसायी संघका सल्लाहकारद्धय बुद्धिराज बज्राचार्य, तीर्थरत्न शाक्य, नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य, ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अजरमान जोशीलगायतको उपस्थिती थियो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।