भरत महर्जन, अध्यक्ष, खोजतलास मिडिया हाउस

खोजतलास मिडिया हाउसका नयाँ अध्यक्ष भरत महर्जनले भने, ‘मर्यादित र विश्वासनीयता पत्रकारिताको निम्ति हाम्रो मिडिया हाउस सक्रिय रहनेछ ।’

अनलाइन पत्रिका
ललितपृुर ।

० वटा विभिन्न संस्थामा अब्बल चिनारी बनाएको सुमेरु ग्रुप अफ कम्पनिजले ललितपुरको संचार क्षेत्रमा प्रवेश गरेको छ । सुमेरुले असार ४ गतेको साइत पारेर मिडिया हाउसमा आफ्नो नेतृत्व अघि बढाएको हो ।

ग्रुपका अध्यक्ष भरत महर्जन खोजतलास मिडिया प्रा.लिका अध्यक्ष तथा प्रबन्ध निर्देशक बनेका छन् । खोजतलास मिडिया हाउसका नयाँ अध्यक्ष महर्जनले भने, ‘मर्यादित र विश्वासनीयता पत्रकारिताको निम्ति हाम्रो मिडिया हाउस सक्रिय रहनेछ ।’ संचार क्षेत्रमा सुमेरु ग्रुपको प्रवेशसँगै कोरोनाका कारण बन्द खोजतलास साप्ताहिकको प्रकासनपनि आरम्भ भएको छ ।

खोजतलास मिडियाले खोजतलास साप्ताहिक, खोजतलास अनलाइन र नयाँ खोज मासिक प्रकासित गर्दै आइरहेको प्रधानसम्पादक राजु बस्नेतले बताए । खोजतलास मिडिया हाउसको कार्यालय सातदोबाटोमा रहनेछ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।