यहाँ सुरक्षामा दख्खल राखेका सशस्त्र प्रहरीलाई दक्षिणी सिमा क्षेत्रमा खटाइने जनाएको छ ।

अनलाइन पत्रिका
ललितपुृर ।

लितपुरको नख्खु कारागारको सुरक्षा सेनालाई हस्तान्तरण गरिएको छ । सशस्त्र प्रहरीले हेर्दे आएको सुरक्षा सेनालाई हस्तान्तरण गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोरोनाविरुद्धको लडाईँमा सक्रिय हुन महत्वपूर्ण प्रतिष्ठान, आयोजना र कारागारको सुरक्षाको जिम्मामा सेना परिचालन गर्ने निर्णय गरे अनुसार नख्खुमा सेना खटाइएको बताइन्छ । यहाँ सुरक्षामा दख्खल राखेका सशस्त्र प्रहरीलाई दक्षिणी सिमा क्षेत्रमा खटाइने जनाएको छ ।

नेपाल सरकारले सिमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउँदै बिओपी स्थापनालाई तीव्र पारिएको छ । सरकारले ५ सय बिओपी खडा गर्ने लक्ष्य राखेपनि अहिलेसम्म २ सय २१ मात्र स्थापना भएको छ । स्मरण रहोस्, यसभन्दा अघि पनि निर्वाचनको समयमा देशका महत्वपूर्ण मातहतमा सुरक्षाका लागि सेना खटाइएको थियो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।