ललितपुर

लितपुरमा पुनः कोरोना संक्रमण पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय स्रोतका अनुसार कोरोना संक्रमित ४० वर्षिय महिला हुन् । उनी वडा नं. २८ हरिसिद्धिकी स्थायी वासिन्दा हुन् ।

यी महिलालाई ज्वरो आई पाटन अस्पताल लगिएको र पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको जनस्वास्थ्य स्रोतले जनाएको छ । उनीलाई कोभिड वार्डमा भर्ना गराइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिलामा ललितपुर जिल्लाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।