नेत्रविक्रम चन्द विप्लवका एक सदस्यलाई पक्राउ गरेपछि नेकपा जिल्ला समिति ललितपुरले एक विज्ञप्ति जारी गर्दै श्याम बज्राचार्य लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको र सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु प्रसारण भएकोमा आपत्ति जनाएको छ ।

ललितपुर

नेत्रविक्रम चन्द विप्लवका एक सदस्यलाई पक्राउ गरेपछि ललितपुर जिल्लाका एसएसपी टेकप्रसाद राईविरुद्ध नामै किटेर विज्ञप्ति निकालेको छ । ललितपुरबाट विप्लवका एक सदस्य समातिएपछि ललितपुर प्रहरी प्रमुखविरुद्ध खनिएका हुन् ।

आइतबार नेकपा जिल्ला समिति ललितपुरले एक विज्ञप्ति जारी गर्दै नेकपा जिल्ला समिति ललितपुरका सेक्रेटरी विदुषीले नागरिकको सामान्य नागरिक भएर बाँच्ने अधिकारको हनन नगर्न उल्लेख गरेका छन् । प्रहरीले पक्राउ गरेका श्याम बज्राचार्य लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको र सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु प्रसारण भएकोमा आपत्ति समेत जनाएको छ ।

यसैबीच, विज्ञप्तिमा ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईको नाम तोकेर एक राजनीतिक पार्टीमा आस्था राखेकै आधारमा नागरिकको बाँच्ने अधिकार हनन नगर्न भनिएको छ । नेकपाले विज्ञप्तिमा आफ्ना कार्यकर्तामाथि अनावश्यक धरपकड नगर्न र जनताको सुरक्षामा सक्रिय रहन उल्लेख गरिएको छ ।

विज्ञप्तिपछि ललितपुर प्रहरी प्रमुख एसएसपी राईले कानुन मिचेर कसैको स्वार्थमा काम नगरेको बताउँदै भने, ‘देशको रक्षा र जनताको सुरक्षामा म अहोरात्र सक्रिय छु । कानुन मिचेर समाजमा त्रासको वातावरण बनाउने छुट कसैलाई छैन ।’

यो पनि पढ्नुस् ।

EXCLUSIVE – प्रहरीको तीनमहिने गोप्य अप्रेसनको सफलता : आतंकबाट यसरी जोगियो ललितपुर !

पढ्नुस् विज्ञप्ति

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।