ललितपुरमा हिजो बम डिस्पोजको श्रृंखलाको खोजी अप्रेसनको सफलता नै हो, ठूलो मात्रामा बरामद भएको ग्रिनेड र बन्दुकलगायत विष्फोटक पदार्थहरु ।

अनलाइन पत्रिका
ललितपुर ।

लितपुर प्रहरी परिसरमा बिहानैदेखि एउटा सफल अप्रेसनको चर्चा भयो । ललितपुरको ईखाछेँमा बम भेटिएको घटनाको कनेक्सनमा ललितपुर प्रहरीले यस्तो सफलता प्राप्त गरेको हो ।

हिजो बिहान प्रहरीको पासोमा परेका श्याम भन्ने सानुराज बज्राचार्यको पक्राऊ सँगसँगै साँझ बम डिस्पोजको श्रृंखलाको खोजी अप्रेसनको सफलता नै हो, ठूलो मात्रामा बरामद भएको ग्रिनेड र बन्दुकलगायत विष्फोटक पदार्थहरु ।

बज्राचार्यको कोठाबाट बरामद भएको विष्फोटक सामाग्रीहरुमा २ सय ९४ थान ग्रिनेडमात्र छन् । जसमा आधा विष्फोटक पदार्थ भरिएको ग्रिनेड ३५ थान, हेन्ड ग्रिनेड बनाउन प्रयोग हुने १ सय ७३ थान बरामद भएको छ । साथै, कटुवा बन्दुक, गोलीहरु, विष्फोटक पदार्थ बनाउन प्रयोग हुने सामाग्री, विष्फोटक पदार्थ डेटोनेटर, विष्फोटक पदार्थ बनाउन प्रयोग हुने औजारलगायत प्रहरीले बरामद गरेको बताइएको छ ।

प्रहरीको हिरासतमा रहेको श्यामलाई सोधपुछ चलिरहेको बताइएको छ । लकडाउनअघि गाःबहाल क्षेत्रस्थित मिठाई पसलअगाडि बम विष्फोट गराएको पुष्टि भएपछि भूमिगत रहँदै आएको श्यामलाई प्रहरीले लामो समयदेखि निगरानीमा राखेको बताइएको छ ।

यो पनि पढ्नुस् ।

EXCLUSIVE : ललितपुरको पुल्चोकमा बम राख्ने पक्राउ, इखाछेँमा सुनियो विष्फोटको आवाज !

FOLLOWUP : ललितपुरको इखाछेँमा एकाएक आंतक : के थियो ठूलो विष्फोटको आवाज ?

 

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।