विप्लव नेकपाका जिल्ला कमिटी सदस्यको कोठामा पाइएको बमलाई सेनाको बम डिस्पोजल टोलीले नजिकैको ढुङ्गेधाराछेउ मकैवारीमा लगेर डिस्पोज गर्दा ठूलो आवाजको विष्फोट सुनिएको हो ।

अनलाइन पत्रिका
ललितपुर ।

हिजो करिब ९ बजेतिर बंगलामुखी मन्दिर नजिकै ठूलो विष्फोटको आवाज सुनियो । त्यहाँका धेरै स्थानीयहरुले सामाजिक संजालमा लेखे, ‘ठूलो विष्फोटको आवाज सुनियो ।’ यसबारे सुरक्षा निकायले स्थानीयलाई त्रासबाट बचाउन मिडियालाई ‘पुष्टि नभएसम्म पर्खिनुस्’ भनेर जानकारी दिन चाहेनन् ।

यता प्रहरी स्रोतले अनलाइन पत्रिकालाई भने, ‘फेला पारेको बम डिस्पोज गरिएको हो ।’ स्रोतले भने, ‘विप्लव नेकपाका जिल्ला कमिटी सदस्य श्याम बज्राचार्यको कोठाबाट केही सामान बरामद भएको हो ।’

श्याम बज्राचार्यको कोठामा पाइएको बमलाई सेनाको बम डिस्पोजल टोलीले नजिकैको ढुङ्गेधाराछेउ मकैवारीमा लगेर डिस्पोज गर्दा ठूलो आवाजको विष्फोट सुनिएको हो ।

प्रहरीले पक्राउ गरेको उनै श्यामले लकडाउनअघि गाःबहाल क्षेत्रस्थित मिठाई पसलअगाडि बम विष्फोट गराएको पुष्टि भएपछि भूमिगत रहँदै आएको बताइएको छ । महिनादिनको निगरानीपछि प्रहरीले नागबहालको इखाछेंस्थित छापा मारी उनलाई समात्न सकेको हो ।

यो पनि पढ्नुस् ।

EXCLUSIVE : ललितपुरको पुल्चोकमा बम राख्ने पक्राउ, इखाछेँमा सुनियो विष्फोटको आवाज !

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।