अनलाइन पत्रिका

ललितपुरको ईखाछेँमा राखिएको बम डिस्पोज गर्दा ठूलो आवाज सुनिएको प्रहरी स्रोतको दावी छ ।

ललितपुर ।

लितपुरमा दश बजे विस्फोटको आवाज सुनिएको छ । ललितपुरको ईखाछेँमा राखिएको बम डिस्पोज गर्दा ठूलो आवाज सुनिएको प्रहरी स्रोतको दावी छ ।

यसैबीच आजै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एक नेता शुक्रबार साँझ पक्राउ परेका छन् ।

ललितपुरको पुल्चोकमा विस्फोट गराउने उद्देश्यका साथ बम राखेर भाग्दै गरेको अवस्थामा पाटन बस्ने श्याम बज्राचार्यलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी निगरानीमा थिए !

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।