काठमाडौं

माजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सांसद गिरीले संविधान संशोधन विधेयक खारेज गर्न माग गर्दै संसदमा अर्को संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा समेटेर निशान छाप संशोधन गर्न पेश गरेको विधेयक खारेज गर्न माग गरेकी सांसद गिरीको घरमा युवाहरुको एक समूहले तोडफोड गरेको थियो ।

प्रहरीले घर तोडफोड गर्नेहरुको खोजी गर्ने क्रममा हेमराज थापलाई पक्राउ गरेको हो । सांसद गिरीले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा समेटेर निशान छाप संशोधन गर्न पेश गरेको विधेयक खारेज गर्न माग गरेकी थिइन् ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।