काठमाडौं

प्रहरीले ५६ किलो लागूऔषध गाँजा बोकेर गुडिरहेको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । बाराको सिमरास्थित अल्पाइन मेडिकल कलेज टिचिङ अस्पतालको एम्बुलेन्सबाट ५६ किलो लागूऔषध गाँजा बरामद गरेको हो ।

अस्पतालको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्सबाट गाँजासहित तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीय टोलमा गाँजा ओसारपसार हुँदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले एम्बुलेन्स समातेको हो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।