अनलाइन पत्रिका
ललितपुर ।

लितपुरको गोदावरीस्थित टौखेलका स्थानीयहरु बिहानैदेखि त्रसित देखिएका छन् । टौखेलस्थित बारीमा घाँटी काटिएको शव पाइएपछि त्रसित बनेका हुन् ।

बारीमा भेटिएको शव स्थानीय एकजना व्यापारीको रहेको प्रहरी स्रोतले जनाएको छ । बिहान स्थानीयहरुले विभत्स अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।